खोटाङका सामुदायिक विद्यालय र विराटनगरकाे माेर्डनएरा विच मितेरी साइनो

खोटाङका सामुदायिक विद्यालय र विराटनगरकाे माेर्डनएरा  विच मितेरी साइनो

खोटाङ,१७ मङ्सिर । खोटाङ सामुदायिक विद्यालय र मोरङका निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा रहेको जालपा मावि र विराटनगर महानगरपालिका–३, मा रहेको मोडर्न एरा इंलिसबोर्डिङ स्कुलबीचमा सोमबार मितेरी साइनो स्थापित गरिएको हो ।

पारस्परिकरुपमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि परम्परागत तरिकाले चिनो साटेर दुई विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको हो । स्थानीय पुर्खा बिक्रममणि राई र कटकबहादुर राईले परम्परागत विधिबाट बकपत्र बोलेको मितेरी कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोर्डन एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रसाद घिमिरेबीचमा चिनो साटासाट गर्दै मितेरी साइनो स्थापित गरिएको थियाे ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, पूर्व सांसद टंक राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङ, नगरका मेयर दिपनारायण रिजाललगायतको रोहबरमा दुई प्रअ राईले हस्तनिर्मित कठुवा÷ठेकी चिनो तथा प्रिन्सिपल घिमिरेले भलिबल चिनो साटेका थिए ।  मितेरी सम्बन्धमा गाँसिएका विद्यालयलाई मन्त्री घिमिरेले एक थान ल्यापटक प्रदान गरे ।  विद्यालयबीचमा पारस्परिक सम्बन्ध स्थापित गर्दै गुणस्तरिय शिक्षा, बालमैत्री शिक्षा, सीप आदान प्रदानका लागि मितेरी साइनो कायम गरिएको जालपा माविका प्रअ राईले बताए ।  मितेरी कार्यक्रम लिएर जालपा पुगेका सामाजिक विकास मन्त्री घिमिरेलाई जालपा माविका प्रअ राई र ज्योती माविका व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले शैक्षिक बिकासका लागि छुट्टा–छुट्टै लिखित माग राखेकाे  दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक ध्रुब श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्