पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घट्यो

<span class='c1'>पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर</span> <span class='c2'>२ रुपैयाँका दरले  घट्यो</span>

विराटनगर,१८ मङ्सिर ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्त विरेन्द्र गोइतले जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको गोइतले जानकारी दिए । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर रहेकाले मूल्य समायोजनमा केही समस्या हुने गरेको निगमको भनाइ छ ।

सोमवार अपराह्न बसको आयल निगम सञ्चालक समितिको बैठकले इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।पछिल्लाे समय गरिएको मुल्य समायेजन अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा नाफा रहेको छ । त्यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ १ पैसा नाफा रहेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा रहेको निमगलाई समग्रमा आगामी १५ दिनमा ५६ करोड ५ लाख रुपैयाँ नाफा हुने प्रक्ष्येपण गरिएको छ ।

गएको दुई महिनामा अन्तर्राष्ट्रि बजारमा भएको इन्धनको मुल्य वृद्धिका कारण निगम घाटामा गएको र पछिल्लो समय मुल्य घटेका कारण निगमलाई केही राहत महसुस भएको निगमका अधिकारीहरुले बताएका छन् ।  अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको कमी र अमेरिकी डलरको भाउ घटेसँगै पेट्रोलियम पदार्थको मुल्यमा गिरावट आएको निगमले जानकारी दिएको छ । सोमबार राति गरिको मुल्य समायोजन अनुसार भारतको रक्सौल भन्दा काठमाडौंमा १२ रुपैयाँ सस्तो पेट्रोल र डिजेल १५ रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्