झापामा प्रहरीले विवाह किन राेक्याे ?

<span class='c1'>झापामा प्रहरीले विवाह</span> <span class='c2'>किन राेक्याे ?</span>

झापा, १८ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–१०, मा सोमबार हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१०, खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो ।

त्यसै सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ । सप्तरी जिल्लाको कञ्चनपुरबाट सोमबार जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले विवाह हुने उमेर कानूनमै २० वर्ष पुग्नुपर्ने लेखिएको जनाउँदै बालविवाह गर्न नपाइने बताउनुभयो । बिहेका लागि सम्पूर्ण तयारी गरिएको थियो भने निम्तालु घरमा आइसकेका थिए । नेपालको संविधान र कानूनले बालविवाहलाई बालअधिकारको हनन मानेको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह गर्न नपाइने प्रष्ट उल्लेख छ भने हालै लागू भएको मुलुकी संहिताले २० वर्ष नपुगी महिलाको बिहे गरेमा बालविवाह ठहरिने उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्सेनि १३ हजार बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । परम्परागतरूपमा बालविवाह हुने गरे तापनि यसलाई कुप्रथा र बाल अधिकार हननका रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्