नेपालबाट गहुँको विउ तस्करी, विराटनगरकाे रानीमा सशस्त्रले बरामद गर्यो २५ बोरा बिउ

नेपालबाट गहुँको विउ तस्करी, विराटनगरकाे रानीमा  सशस्त्रले बरामद गर्यो २५ बोरा बिउ

विराटनगर, १८ मंसिर ।
नेपाली कृषकले गहुको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाईएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाईएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा २५ बोरा गहुँको बिउ बरामद गरेको छ । शुक्रवार यता बिराटनगरको रानी नाका हुँदै जोगवनी तर्फ लैजाँदै गरेको अबस्थामा सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले एनल २९७, एनल ९७१, आदित्य जातको गहुँको बिउ बरामद गरेको हो । ४० किलोको दरले २५ बोरा गहुँको बिउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व अनुसन्धान गुल्मका डिएसपी सुरेन्द्रराज रञ्जीतले बताए । नियन्त्रणमा लिईएको गहुँको बिउ बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।
साईकल, मोटरसाईकल, रिक्सा, ठेला लगायतका साधनमा लैजाँदै कुनै कागजात नभेटिएपछि नियन्त्रणमा लिएर भन्सार बुझाईएको रञ्जीतले बताए । भारत तर्फ लैजाँदै गरेको अबस्थामा नियन्त्रणमा लिईएको गहुँका बिउ कहाँबाट लगिएको हो भन्ने नखुलेको सशस्त्र प्रहरीले जनाएको छ। नेपालमा भन्दा भारतमा गहुँको बिउ महँगो पर्छ । नेपालमा २ हजार ६ सय पर्ने गहुँको बिउ भारतमा ४ हजारको हाराहारीमा पर्ने बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्