मंगलबार देशभरको मौसम बदली हुने

मंगलबार  देशभरको मौसम बदली हुने

काठमाडौँ, १८ मङ्सिर ।  मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए । उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम तापक्रम ६.५ र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबारको अधिकतम तापक्रम पनि २० देखि २१ डिग्री सेल्सियसकै बीचमा रहने भएकोले चिसो नबढ्ने मौसमविद श्रेष्ठले बताए । उनले देशको तराई क्षेत्रमा पनि बिहान बादलसहितको हुस्सु लागेको भएपनि मध्यान्नपछि हुस्स हटेर घाम लाग्ने बताए । उच्च पहाडी क्षेत्रमा भने मौसममा बदलीसँगै सामान्य हिमपातको सम्भावना रहेको छ ।मंगलबारराति देशका पूर्वी भूभागका धेरै स्थानहरूमा र मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने मौसमविद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्