पेट्रोलियम पदार्थको मूल्य घट्यो , यस्तो छ नयाँ मूल्य !

पेट्रोलियम पदार्थको मूल्य घट्यो , यस्तो छ नयाँ मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

स्वतः स्वचालित मूल्य संरचना अनुसार इनिडयन आयल कर्पोरेशनले मूल्य घटाएकाले घटाइएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य ११२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम रहनेछ ।
आयल निगमका अनुसार हवाई ईन्धन र एलपीजीको मूल्य यथावत राखिएको छ । अन्तर्राष्ट्रिय मूल्यमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई राहत मिलेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्