बिराटनगरमा क्रिकेट खेलाडी उत्पादन गर्न “ट्यालेन्ट हन्ट” हुदै

बिराटनगरमा क्रिकेट खेलाडी उत्पादन गर्न “ट्यालेन्ट हन्ट” हुदै

बिराटनगर मङ्सिर १८ ,

बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको  थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट्यालेन्ट हन्ट" इभेन्ट आयोजना हुने भएको छ । 

बिराटनगरको बैजनाथपुरको क्रिकेट मैदानमा मङ्सिर २२ गते देखि पुष २ गते सम्म चल्ने क्याम्पमा सहभागी हुन् मङ्सिर २१ गते बिहान देखि बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा "ट्यालेन्ट हन्ट" आयोजना हुने छ । उक्त ट्यालेन्ट हन्टमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

"ट्यालेन्ट हन्ट" बाट छानिएकालाई बेलायतका क्रिकेट कोच ली बुथले प्रशिक्षण गराउने छन्  ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्