मोरङमा मोटरसाइकल दुर्घटना : उर्लाबारीका एक युवाको मृत्यु

<span class='c1'>मोरङमा मोटरसाइकल दुर्घटना :</span> <span class='c2'>उर्लाबारीका एक युवाको मृत्यु</span>

उर्लाबारी मङ्सिर १८ । मोरङको उर्लाबारी नगरपालिका- ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

को १९ प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्