माछा मार्ने क्रममा नहरमा डुबेका युवक अझै वेपत्ता

<span class='c1'>माछा मार्ने क्रममा नहरमा</span> <span class='c2'>डुबेका युवक अझै वेपत्ता</span>

राजविराज, १८ मङ्सिर ।  माछा मार्ने क्रममा नहरमा डुबेर बेपत्ता भएका सप्तरीका एक युवकको अवस्था अझै अज्ञात छ।  डाकनेश्वरी नगरपालिका–३ स्थित कोसी पश्चिमी नगरमा डुबेर सोही ठाउँ कटैया निवासी २४ वर्षीय रामबाबु मुखिया बेपत्ता भएका थिए। उनी सोमबार बिहान नहरमा डुबेको प्रहरीले जनाएको छ।  साथीसहित माछा मार्न नहरमा पसेका मुखिया पानीबाट ननिस्किएपछि खोजतलास सुरु भएको थियो। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले युवकको खोजतलास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्