विराटनगर, १८ मंसिर ।
कोशी राजमार्गको ६ लेन सडक अन्तरगत विराटनगर एयरपोर्ट मोडमा भारतीय गाडीले मारुती भ्यानलाई ठक्कर दिएको छ । केहीबेर अगाडी सिक्सलेन सडकको डिभाईडरसँगै मारुती भ्यानमा ठक्कर दिएको थियो । एयरपोर्ट मोडबाट बिमानस्थल तर्फ जान लागेको अबस्थामा सो मारुती भ्यानलाई भारतीय नम्बरको लहरीले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकजना घाईते भएका छन् । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ईटहरीबाट जोगवनी तर्फ जाँदै गरको १० चक्के लहरीले बाटो काट्न लागेको अबस्थामा डिभाईडरमा ठोक्काएर दुर्घटना गराएको स्थानीयले बताएका छन् । दुर्घटनामा परेकाे म्याजिक भ्यान सेन्चुरी मसला उद्याेगकाे भएकेा बुझिएकाे छ । थप विवरण आउन बाँकी रहेको छ ।