ईपीएलका लागि विराटनगरले भित्र्यायो चार विदेशी खेलाडी

ईपीएलका लागि विराटनगरले भित्र्यायो चार विदेशी खेलाडी

काठमाडौं, १८ मङ्सिर ।  एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे पनि राम्रो अनुभव छ । दक्षिण अफ्रिकाबाट समेत क्रिकेट खेलिसकेका भ्यान डर मर्वी अनुभवी अलराउण्डर हुन् भने मिकेरन टी-ट्वान्टीमा अनुभवी तीव्र गतिका बलर हुन् ।

मंसिर २२ गते सुरु हुने ईपीएल प्रतियोगिता पुस ७ गते सकिने छ । प्रतियोगितामा सबैले एकअर्कासँग खेलेपछि समूह चरणका खेलहरु पुस २ गते सकिने छन् । त्यसपछि समूहको शीर्षमा रहने र दोस्रोमा रहने टिमले पहिलो क्वालिफायर खेल्ने छन् । जसको विजेता फाइनल प्रवेश गर्ने छन् ।

फाइनलमा अर्को टिमका लागि तेस्रो हुने र चौथो हुनेबीच इलिमिनेटर खेल हुने छ । जसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ र विजेता फाइनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्