विराटनगर महानगरले कोशी अस्पतालको बच्चा र प्रसुती गृहलाई दियो एसी

<span class='c1'>विराटनगर महानगरले कोशी अस्पतालको बच्चा</span> <span class='c2'>र प्रसुती गृहलाई दियो एसी</span>

विराटनगर, १८ मंसिर ।
विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसी प्रदान गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले केही समय अघि बच्चा वार्ड र प्रसुति गृहमा एसी दिने घोषणा गरे अनुसार महानगरबाट सो एसी बितरण गरिएको हो ।
मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा मेयर पराजुलीले सवैको सहयोग रहे कोशी अञ्चल अस्पतालको मुहार फेरीने बताए । अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास र उपलब्ध साधन भित्र्याउने स्थानीय ,प्रदेश र संघीय सरकार सकारात्मक हुन आबश्यक रहेको औल्याए ।
महानगरले उपलब्ध गराएको एसी बुझ्दै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.रोशन पोखरलेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गरे । सवैले मेरै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवाप्रबाह सहजरुपमा गर्न सक्ने बताए ।
यस्तै अस्पताल परिसरको सडक व्यवस्थापनको काम पनि भएको छ । बिच हुन नसकेपछि समस्याको रुपमा देखिएको सडकको पिच गर्ने काम भएको हो । कार्यक्रममा वार्ड नं ७ का वडाध्यक्ष मधुबावु तिवारी, अञ्चल अस्पतालको प्रसुती विभाग प्रमुख डा.संगिता मिश्र ,प्रशासन प्रमुख नबराज लुइटेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्