प्रदेश नम्बर १ मा मन्त्रालयको सङ्ख्या बढाएर पनि तत्कालै महिला मन्त्री राखिने

<span class='c1'>प्रदेश नम्बर १ मा मन्त्रालयको सङ्ख्या बढाएर</span> <span class='c2'> पनि तत्कालै महिला मन्त्री राखिने</span>

इलाम, १८ मङ्सिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् ।   मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए ।  किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५ औँ जन्मोत्सवका अवसरमा इलामको माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिए ।  ‘हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं’, उनले भने, ‘आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्