जनप्रतिनिधीकाे मनै लाेभ्याउने काम : बैठक भत्ता जम्मा गरेर वडा सदस्यले बनाए पुल

<span class='c1'>जनप्रतिनिधीकाे मनै लाेभ्याउने काम : बैठक भत्ता</span> <span class='c2'>जम्मा गरेर वडा सदस्यले बनाए पुल</span>

ओखलढुंगा,१८ मङ्सिर ।  खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाउँमा दुईवटा पुल निर्माण गर्नुभएको हो । बैठकमा सहभागी भएबापत् लिएको ८५ हजार ५ सय ५० रुपैयाँ र थप १ लाख २० हजार रुपैयाँ खर्चिएर शेर्पाले व्यक्तिगत लगानीमा काठे पुल निर्माण गर्नुभएको हो ।

स्थानीय खोला तरेर वर्षाद्मा आवत–जावत गर्न नसकिने अवस्थाको अन्त्य गर्न शेर्पाले आफूले पाएको भत्ता जम्मा गरेर पुल निर्माण गर्नुभएको हो । पुल निर्माणको विषय गाउँपालिकाको प्रथामिकतामा नपरेपछि शेर्पाले व्यक्तिगत योगदानमा पुल निर्माण गर्नुभएको हो ।

वडा र गाउँपालिका अध्यक्षले आफ्नो सुझाव नसुन्दा नागरिकको प्रतिनिधि भएर काम गर्न समस्या भइरहेको उहाँको गुनासो छ । पुल निर्माणमा वडा सदस्य शेर्पाले आर्थिक लगानी गरेपछि स्थानीयले श्रमदान गरेका थिए । वडा सदस्यको नेतृत्वमा काठ र जस्ताको प्रयोग गरेर व्यवस्थित पुल निर्माण भएपछि स्थानीयलाई निकै सहज भएको जनता आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

पुल बनेपछि विद्यालय आउने विद्यार्थीलाई विद्यालय आवत जावत गर्न सहज भएको छ । दोर्जी शेर्पा ओखलढुंगाबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति समेत हुनुहुन्छ । उहाँ स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो  । उज्यालाेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्