विराटनगरका विद्यालय प्राङगणः राजनितीक दलको अखडा अनि प्रेमकाे अड्डा (भिडियाे रिपाेर्ट)

विराटनगरका विद्यालय प्राङगणः  राजनितीक दलको अखडा अनि प्रेमकाे अड्डा (भिडियाे रिपाेर्ट)

प्रेम देवान

विराटनगर, १९ मंसिर । विराटनगर १० सन्सारी माईस्थानमा रहेको एउटा सरकारी विद्यालय छ । आज भन्दा ६३ बर्ष अगाडी स्थपना भएको विद्यालय परिसरमा प्रेम गर्ने जोडीदेखि राजनीति दलको भेला हुने थलो बनेको छ । विस २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभुत विद्यालयमा पछिल्लो समय राजनीति दलको भेला तथा जमघट हुने अड्डा बन्न थालेपछि विद्यार्थीको पढाईमा असर पारेकोछ ।

[caption id="attachment_71186" align="alignnone" width="1280"] संसारी माईस्थान स्थित भानु मोरङ स्कुल अगाडी नागरिक प्रहरी कै अगाडी प्रेमीप्रेमीका एक आपसमा माया पिरती साटासाट गर्दै । तस्वीर ः प्रेम देवान[/caption]

विना घेराबारा विद्यालय परिसरमा दैनिकी जसो हुने भेला तथा जमघटले विद्यार्थीहरुको पढाईमा नकारत्मक असर पर्नु अब सामान्य जस्तै भएको छ । विद्यालय विहान १० बजे खुल्छ । विद्यार्थीहरु मन्दिर परिसरको खाली जमिनमा उभिएर प्रार्थना गरिरहेको भेटिन्छन् । प्रेम देवानकाे भिडियाे  रिपाेर्ट 

https://youtu.be/kdVYoYoKllc

विद्यालयमा जव पढाई सुरु हुन्छ अनि राजनीति दल र तिनका भातृ संगठनहरुको माईकिङ्ग सुरु हुन्छ । आजका साना नानी भोलीका कर्णधार भन्ने भनाई नै छ, तर ती कलिला नानीबाबुको भविष्य नै अन्धकार हुने गरी खेलवाड भईरहेका छन् । त्यतीमात्र हैन भर्खर भर्खर मायाँका पालुवा फक्रँदै गरेका जोडीको मायाँ साट्ने ठाउँपनि यही ठाउँ बन्नुले बालबालिका रणभुल्लमा पर्छन् । विभिन्न भेला समारोहले गर्दा बालबालिका भित्र पढ्न भन्दा बाहिरको कार्यक्रम हेर्न मन पराउँछन् ।

[caption id="attachment_71279" align="alignnone" width="2500"] राजनीति दलले आयोजना गरेको कार्यक्रम नियाल्दै विद्यार्थीहरु । तस्वीर ः प्रेम देवान[/caption]

यसरी दैनिकी जसो हुने भेला तथा मन्दिर परिसरमा देखिएका गतिविधीले पढाई तिर भन्दा पनि बाहिरी माहोल तिर विद्यार्थीको मन तानिने गरेको विद्यालयमा कार्यरत शिक्षक शैलेन्द्र नेपाल बताए ।
करिब १५ धुर जमिनमा रहेको विद्यालयको आफ्नो खेल मैदान छैन । विद्यार्थीहरु संधै विद्यालय भन्दा बाहिर मन्दिर परिसरको खाली जमिनमा खेल्छन् । हाल विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन् । साना स्कुले बालबालिकालाई नकारत्मक असर पार्ने गरी दलका कार्यक्रमहरु गरिदिदाँ विद्यार्थीलाई मात्र हैन शिक्षकहरुलाई पनि पठन पाठनमा पप्ठेरो पर्ने गरेकोे विद्यालयका प्रध्यानध्यापक संजिव घिमिरेले जानकारी दिए।
विवाद र मुद्दा
अहिले संसारी माईस्थान मन्दिर समिति र भानुकला केन्द्र विच जमिनको बारेमा सर्वोच्च अदालतमा मुद्धा परेको छ, अहिले मुद्दा बिचाराधिन छ । जमिनका बारेमा मुद्धा परेका कारण स्कुलले घेराबारा लगाउन नमिल्ने भएका कारण विद्यालयले कुनै आफ्नो काम अगाडी बढाउन नसकेको प्रअ घिमिरे बताउँछन् ।
राज्यले विद्यालयलाई शान्ती क्षेत्रको घोषण गरेको छ , अझ विराटनगर महानगरपालिका बालमैत्री घोषणा महानगरपालिका हो । यस्ता गतिबिधिले बालमैत्री अभियानलाई नै चुनौती थपेको छ । विराटनगर महानगरपालिकाका कुनै पनि बिद्यालयमा र बिद्यालयका बालबालिकालाई राजनीति दलका कार्यक्रम गर्न र कार्यक्रममा सहभागी गर्न नपँईने भन्दै दलहरुले नै प्रतिबद्धता जनाएका छन् । तर यसरी दलका कार्यक्रमले विद्यार्थीलाई नै असर पार्ने गरी भएको कार्यक्रमले बालबालिकाको भविश्यमा नै असर पारेको शिक्षिक अभिभावक संघका अध्यक्ष राजेश मास्केको ठम्माई छ । अधिकार पाएँ भन्दैमा अरुको पढ्ने अधिकार नै खोस्न नमिल्ने उनको भनाई छ । भनिन्छ, आजका साना विद्यार्थी भोलीका कर्णधार तर यस्ता खालका गतिविधीले भोलीका कर्णधार अंधकार जाने त हैनन् आजै सचेत हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्