विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले करिव ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ बि. आर. ३८ एन. ९५२७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १० पिस ऊनी सुईटर बरामद गरेको हो । कपडा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानी बुझाईने छ ।