नगर प्रवक्ताको लापरबाहीपछि परिषद सदस्यले प्रवक्तालाई लेखे खुल्ला पत्र (पत्रसहित)

<span class='c1'>नगर प्रवक्ताको लापरबाहीपछि परिषद सदस्यले</span> <span class='c2'>प्रवक्तालाई लेखे खुल्ला पत्र (पत्रसहित)</span>

झापा, १९ मङ्सिर । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीले आफ्नै वडामा समिति गठनमा चरम लापरबाही गरेसंगै सो क्षेत्रमा तरंग पैदा भएको छ । गौरादह नगरपालिकाले बिनियोजन गरेको बजेट कार्यान्वयन गर्ने क्रममा विभिन्न विकास निर्माणका काम सम्पन्न गर्न आफ्ना निकटवर्ती मानिसहरुलाई रातारात उपभोक्ता समितिमा राखी काम शुरु गरेपछि घटना उत्कर्षमा पुगेको हो । परिषद सदस्य कोमलप्रसाद ढुंगानाले वाध्य भएर भण्डारीलाई खुल्लापत्र नै लेखेका छन् ।

यस्तो छ पत्र :–      
अध्यक्ष नगेन्द्र भन्डारी गौरादह न पा वडा न १
गल्ती मानबबाट नै हुन्छ, त्यसलाई हामीले आफै सच्याउनु पर्छ । शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ । नगर र वडाबाट भएका त्रुटी कमजोरीहरुको नैतिक जवाफदेहीता हामी सबैको हो । मेयरले स्थगन गरेको बैठक नेकपाबाट निर्वाचित जन–प्रतिनिधिहरुको मात्र उपस्थितिमा उप–प्रमुखलाई सन्चालन गर्न लगाएर संविधान र स्थानीय निकाय नियमाबली तथा निर्देशिकालाई टेकेर विधिको शासनलाई लत्याएर गौरादह नपाका जनताको मतको अपमान गर्नु पटक्कै राम्रो कार्य भएन । नगर्नु गरिसकेपछि ढाकछोप गर्न  कानुनी सल्लाहकारका रुपमा नगरमा चिनिनु हुने उजुरी प्रशासक ज्युलाई ‘मेयरले आफैले बहिस्कार गर्नु भएको’ बैठक भन्ने गलत प्रचार गराउने र उहाँको बौद्धिकतामाथि प्रस्न आउने वातावरण बनाउने र शान जी (एक नब पत्रकार) जस्ता व्यक्तिलाई  गलत जानकारी गराउने र वहाँहरुलाई गलत तवरको प्रयोग गर्ने !  अब कति दिनसम्मलाई हो ? वडा अध्यक्ष जस्तो गरीमामय पदमा रहनु हुने गजेन्द्र घिमिरे ज्यू पनि सामाजिक सन्जालमा चुक्नु भएको देख्न पाईयो ! बधाई छ वहालाई नि ‘छोडेर हिंडेको’ भनेर लेखिदिनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्