भेंडेटारदेखि तेह्रथुमको टुटे देउरालीसम्म सहायक सडकले काेशी राजमार्ग कमजोर

भेंडेटारदेखि   तेह्रथुमको टुटे देउरालीसम्म सहायक सडकले काेशी राजमार्ग कमजोर

धनकुटा, १९ मङ्सिर ।  कोसी राजमार्गअन्तर्गत भेंडेटारबाट तेह्रथुमको टुटे देउरालीसम्म सयभन्दा बढी सहायक सडकका ट्र्याक खोलिएका छन्। यसले राजमार्ग कमजोर बन्न थालेको छ।

ट्र्याक खोल्दा माटोले नाली पुरिदिने, नालीको पानी सडकबाटै बग्ने गरेका राजमार्गको पिचसँगै अन्य संरचना जीर्ण बन्दै गएको हो। सडक डिभिजन कार्यालय धनकुटाका सूचना अधिकारी तथा इन्जिनियर अनुप साउदेनका अनुसार राजमार्गबाट सहायक सडक ट्र्याक खोल्न स्वीकृति लिनुपर्छ। तर, कसैले स्वीकृति नलिएको उनले बताए। ‘सहायक सडक खोल्दा विभिन्न मापदण्ड पूरा गर्नुपर्छ’, उनले भने, ‘तर, कसैले पनि मापदण्ड पूरा गरेका छैनन्।’

उनका अनुसार राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहलाई पत्र पठाई जथाभावी सहायक सडक खोल्न नदिन आग्रह गरिएको छ। धनकुटा नगरपालिका, साँगुरीगढी, छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकालाई यसबारे पत्राचार गरिएको हो। ‘स्थानीय तहका योजना सञ्चालन हुनुपूर्व नै जथाभावी सहायक मार्ग खोल्न नदिन अनुरोध गरेका छौं’, उनले भने, ‘सहायक मार्ग खोल्दा माटोले नाला पुरिदिने, पानीको निकास रोकिने र सडकमा पानी बगेर सडकको आयु घट्दै गइरहेको छ।’ ३ सयदेखि ४ सय मिटर अन्तरमा सडक बनाइँदै छ। राजमार्गमा जोडिएको बजार क्षेत्रमा सञ्चालित होटलले पानी सडकमै बगाइदिने गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्