सीएको सबै काम अब विराटनगरबाटै हुने, १४ जनाले सदस्यताकाे लागि अावेदन दिए

सीएको सबै काम अब विराटनगरबाटै हुने, १४ जनाले सदस्यताकाे लागि अावेदन दिए

विराटनगर, १९ मंसिर ।
नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आईक्यान)ले आफ्ना सबै सेवा बिराटनगरबाट पनि शुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सिए)को सदस्यता देखि सीएको परीक्षाको लागि विराटनगरबाटै सेवा शुरु हुन लागेको हो ।
विराटनगरबाट ४ बर्ष देखि सीए पढाई हुँदै आएको र यहाँ पढेका बिद्यार्थीहरुले क्याप १ र क्याप २ विराटनगरबाट नै परिक्षा दिँदै आएकोमा अबदेखि क्याप ३ पनि यहीँबाट परिक्षा दिन पाउने भएका छन् । सीएको अन्तिम परीक्षाको रुपमा रहेको क्याप ३ को लागि परीक्षाको लागि काठमाडौ जानु पर्ने बाध्यता रहेको थियो । यस्तै संस्थाको सदस्यताको लागि काठमाडौँ नै जानु पर्ने बाध्यताको अन्त्य गर्दै अब विराटनगरबाट नै सुबिधा दिईने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलाले बताए । उनका अनुसार पछिल्लो दिनमा बिराटनगरमा काम शुरु भईसकेको र अहिलेसम्म १४ जना बिद्यार्थीले सदस्यताको लागि आवेदन दिएका छन् । सीए ब्यवसायीक अध्ययन भएकोले बिद्यार्थीले पढ्ने भन्दापनि प्रशिक्षण लिने र सिक्ने काम गर्दछन् । नेपालमा हाल १ हजार ३ सय ५५ सीए छन् । जसमा ४ सय ५० जना नेपालबाट नै उतिर्ण गरेका हुन् । उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्