मोरङको मिक्लाजुङमा मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल

मोरङको मिक्लाजुङमा मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल

मधुमल्ला मङ्सिर १९ ,  मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल भएको आरोप लागेको छ ।

चलखेलको आरोप लगाउँदै सहभागी परीक्षार्थीहरूले परीक्षा बहिस्कार गरेका छन् । परीक्षाका लागि निर्धारण गरेको समयभन्दा २–३ घण्टा ढिला गरी शुरू गरेकाले शङ्कास्पद बनेको परीक्षार्थी बोधराज दाहालले बताए । सोही कारण परीक्षा बहिस्कार गरेको उनको दाबी छ ।

अर्का परीक्षार्थी दिपक कटुवालले पनि परीक्षाको समयभन्दा ढिला गरी शुरू गरेकाले अनियमितता हुन सक्ने सम्भावना प्रवल हरेको बताए । शिक्षक छनौट समितिले पनि परीक्षामा सामेल हुन फारम भरेका १२ परीक्षार्थीमध्ये ९ जना परीक्षार्थीले लिखित निवेदनसहित परीक्षा रद्ध गर्न माग गर्दै निवेदन दिएपछि परीक्षा स्थगन भएको मिक्लाजुङ गाउँपालिका शिक्षा अधिकृत काशिनाथ खनालले बताए ।

अब विद्यालय व्यवस्थापन समितिको बैठकले परीक्षा कहिले गर्ने भन्ने निर्णय गरिने स्कुलका प्रधानाध्यपक लीलानाथ भण्डारीले बताए । असोज ६ गते तोकिएको परीक्षामा शङ्कास्पद कार्य भएको भन्दै विवाद उत्पन्न भएपछि परीक्षा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्