विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा सिटिजन र जनता बैंक बिजयी

विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा सिटिजन र जनता बैंक बिजयी

विराटनगर, मंसिर १९। 

विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा मंगलबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा जनता बैंकले नेपाल बैंकलाई ७-१ गोल अन्तरले हराएको छ । जनता बैंकका तर्फबाट डमर मगरले ३ , बिनोद कार्कीले ३ गोल र पेशल शर्माले १ गोल त्यसैगरी नेपाल बैंकको तर्फबाट बिक्रम अधिकारीले १ गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा , सिटिजन बैंकले  सानिमा  बैंकलाई १५-६ गोल अन्तरले पराजित गरेको थियो । सिटिजनको तर्फबाट बिबेक आचार्य ८  , अशिम उपाध्याय ४ र अभिषेक अग्रवालले ३ गोल गरेका थिए भने सानिमा बैंकको तर्फबाट आकाश श्रेष्ठले ३ , प्रविन पौडेल , बिनय ढकाल र रिमेश तुलाधरले १-१ गोल गरेका थिए।

प्रतियोगिता मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद सहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।

दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह (ए)मा नेविल, सिटिजन्स, सानिमा र समुह (वि) मा मेघा, जनता र नेपाल वैंङक रहेको द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्