पाँचथरको फिदिममा मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु 

पाँचथरको फिदिममा मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु 

पाँचथर, मंसिर १९ गते ।

पाँचथरको फिदिम नगरपालिका-३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

त्यसैगरी मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को संगम योङाहाङ समेत घाइते भई पाथिभरा अस्पताल पाँचथरमा उपचार भईरहेको छ भने मोटरसाईकल चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्