किन्डरपिलरले गरायो परिकार बनाउन आमाहरुबीच प्रतिस्पर्धा

किन्डरपिलरले गरायो परिकार बनाउन आमाहरुबीच प्रतिस्पर्धा

बिराटनगर मङ्सिर १९ , अमेरिकन फर्मेटमा आधारित मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको किन्डरपिलर प्रि–स्कुलले  बालबालिकालाई पोषणयुक्त परिकारहरु बनाउन सिकाउने उद्देश्यसहित अभिभावकहरुबीच प्रतिस्पर्धा गराएको छ । सुनसरीको इटहरीमा सञ्चालनमा रहेको उक्त मन्टेश्वरीले बालबालिकाको शरीरले नपच्ने किसिमका जङ्क फुड नखुवाउन सुझाव दिँदै अभिभावकहरुलाई परिकार तयार पार्ने प्रतिस्पर्धा गराएको हो ।

प्रतिस्पर्धामा नपकाइकन बनाउन सकिने परिकारहरु अभिभावकले बनाउनुपर्ने थियो । अधिकांश अभिभावक महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वाद र प्रस्तुतिको लागि प्रतिस्पर्धा गराइएको थियो । स्किल क्याम्पसका सञ्चालक पृथ्वी पराजुलीले प्रतिस्पर्धीहरुको परिकारको स्वाद र तयार पर्ने शैलीको मूल्याङकन गरेका थिए । प्रतिस्पर्धामा मिठो स्वादको परिकार बनाउन सफल हुँदै पुनम गोयल प्रथम भएकी थिइन् भने प्रस्तुति तर्फ शिल्पा अग्रवाल प्रथम भएकी थिइन् ।

पूर्ण शाहकारी र घरायसी सामग्रीहरुबाट घरमै बनाउन सकिने स्वादिला परिकारहरु प्रतिस्पर्धाका सहभागिहरुले बनाएका थिए । ‘हाम्रो उद्देश्य बालबालिकालाई चाहिने आवश्यक पोषकतत्वहरु पुरा गराउने घरेलु परिकारहरु बनाउन सिकाउने र त्यसको प्रयोगमा जोड दिने हो ।’ विद्यालयकी सञ्चालिका श्रुति शर्माले भनिन्, ‘अधिकांश परिवारले हेल्चेक्रयाई गर्दै बालबालिकालाई जंक फुड दिइरहनु भएको हुन्छ । त्यसलाई विस्तारै हटाउनु पर्छ ।’ शर्माका अनुसार अखाद्य सामग्रीका कारण बालबालिकाको विकास शक्तिमा समेत ठूलो असर पर्छ ।

मन्टेश्वरी विधिमा सञ्चालनमा रहेको किन्डरपिलरको शाखा पूर्वमा इटहरी र विराटनगरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्