झापामा लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

झापामा लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

झापा,  १९ मंसिर। झापाको मेचीनगर नगरपालिका-६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका-७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई लाई पक्राउ गरेको हो । मे ५ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारि बरामद गरिएको हो । बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्