विराटनगरका हस्पिटल प्रचारमुखी , म्याक्सले छोरी जन्माउनेलाई नि:शुल्क उपचार गर्ने (भिडियाे)

विराटनगरका हस्पिटल प्रचारमुखी , म्याक्सले छोरी जन्माउनेलाई नि:शुल्क उपचार गर्ने (भिडियाे)

विराटनगर, १९ मंसिर । विराटनगर ११ महेन्द्र चोकमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा सेन्टरले पहिलो पटक छोरी बचाउ अभियान ल्याएको छ । महिला सशक्तिकरण अभियान अन्तर्गत छोरी बचाउ अभियानलाई थप प्रभावकारी बनाउन अस्पतालमा छोरी जन्माउने जति पनि महिलालाई डेलिभरीमा सबै खर्च निशुल्क गर्ने जनाएको छ । म्याक्स हस्पिटलद्धारा अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा डेलिभरी केसमा छोरी जन्मीएपछि लाग्ने सबै खर्च व्यहोर्ने जनाएको हो ।
म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.का अध्यक्ष शत्रुध्न यादवका अनुसार – ‘महिला सशक्तिकरण अभियालाई थप टेवा पुग्ने हिसावले अस्पतालमा भर्ना भएका महिलाले छोरी जन्म दिएको अवस्थामा आजदेखि नै उपचारमा निःशुल्क गर्ने निर्णय गरेका छौ ।’
भोलीको दिनमा भ्रुण हत्या रोक्नलाई मदत पुग्ने भएकाले यसलाई अगाडी बढाएको यादवले बताए । अस्पतालमा भर्ना भएका डेलिभरीकेसमा छोरी जन्मिएको अबस्थामा शल्यक्रिया वापतको सम्पुर्ण शुल्क छुट गरेको उनको भनाई छ ।
साथै अस्पतालले जेष्ठ नागरिक र सहिद परिवारका आफन्तलाई पनि २५ प्रतिशत सेवा शुल्कमा छुट दिने व्यावस्थाको घोषणा गरेको छ । जेष्ठ नागरिक सम्मान सेवा कायत्र्रmम अन्तर्गत ७० बर्ष र सो भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान सहित २५ प्रतिशत उपचार सेवा शुल्कमा छुटको व्यावस्था गरेको अस्पतालले जनाएको छ । त्यसैगरी सहिद परिवार सम्मान अन्तर्गत नेपालमा भएका विभिन्न चरणमा आन्दोलनमा घाईते, अङ्गभङ्ग तथा सहिद परिवारलाई पनि २५ प्रतिशतको छुटको व्यवस्था गरेको अध्यक्ष यादवले बताए ।
अस्पताल स्थापना भएपछि ४ सय ३६ जना मेजर अप्रेशन र १ सय ८८ जनाको माईनर अप्रेशन गरिसकेको अस्पताललका मेनेजिङ्ग डाईरेक्टर हेम नारायण मेहताले जानकारी दिए ।

भिडियाे यस्ताे छ

https://www.facebook.com/ourbrt/videos/1203357619818220/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्