जहदाका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु

जहदाका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु

विराटनगर, १९ मंसिर । मोरङको जहदा –१ धुनीका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु गरिएको छ । जीवन विकास समाज र युएन ह्याविटाट फर ह्युम्यानिटीले संयुक्त रुपमा घर निर्माण शुरु गरेको हो । विश्व स्वयंसेवक दिवसको अवसर पारि जनश्रमदानमा घर निर्माण शूरु गरिएको जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताए ।
१५ बर्षीया काजल मुखिया, ९ वर्षीया रानी, ७ वर्षीया नेहा र ४ वर्षीया सुनेनाकी आमाको चार बर्षअघि मृत्यु भएको र बाबुले पनि छोडेर वेपत्ता भएपछि उनीहरु पालमा बस्दै आएका थिए ।
घर निर्माणका लागि मामाले १० धुर जग्गा उपलब्ध गराएपछि घर निर्माण शुरु गरिएको हो । आवास विहिनहरुलाई अर्थपूर्ण आवास निर्माण गर्ने उद्देश्य सहित काम गर्ने गरिएको ह्याविटेट फर ह्युम्यानिटीका मोहम्मद नसिम सर्वरले जानकारी दिए ।
अहिले काजलका ३ जना वहिनीहरु स्थानीय जनता बाल आधारभुत विद्यालयमा पढ्दै आएका छन् । पहिले रोडमा बस्दै आएका कागल र तिनका बाहिनीहरुको लागि जीवन विकासले बस्ने घर बनाईदिने भएपछि यति बेला सबैदिदिबहीनी खुशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्