भोजपुर, २० मङ्सिर । खानेपानीको समस्याले भोजपुरको रामप्रसादराई गाउँपालिका–५, मानेभञ्ज्याङअन्तर्गत अर्चले, भोर्लेनी र अगौटे गाउँका करीब ५६ घरधुरी गाउँबाटै विस्थापित भइसकेका छन् । खानेपानीको जोहो गर्न हिउँद लागेसँगै गाउँलेले कुवामा ताल्चा लगाउने गरेका छन् । रानागाउँका करीब १६ घरपरिवारलाई बिहानबेलुका जेनतेन २-२ गाग्री खानेपानी पुग्ने गर्छ । खानेपानीको अभाव खट्किएका बेला कुवामा पानीको लापार्बाहीले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय रमिला रानामगरले बताइन् ।