जेनेभाको अनुदानमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेब्रोस्क्यान मेशिन प्रदान

जेनेभाको अनुदानमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेब्रोस्क्यान मेशिन  प्रदान

धरान, २० मङ्सिर ।  जेनेभा युनिभर्सिटी अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुदानमा फेब्रोस्क्यान मेशिन प्रदान गरेको छ । यो मेशिन कलेजोमा देखिने रोगहरूको परीक्षणमा बायोप्सीभन्दा सरल र सहज हुने प्रतिष्ठानका मेडिसिन विभागका प्रा.डा. विक्रम प्रधानले जानकारी दिए ।

युनिभर्सिटीका ग्यास्ट्रो एण्टेरो हेपाटोलोजिका प्रोफेसर लञ्च पाको पहलमा अनुदानमा आएको मेशिनको करीब २ करोड २० लाख रुपैयाँ पर्ने प्रधानले बताए । पेटमा घोच्ने र पाइप लगाएर कलेजोको टिस्यू निकाली परीक्षण गर्नुपर्ने बायोप्सी पद्धतिबाट अब मुक्त रहेको उनको भनाइ छ ।

मेशिनले कलेजोसम्बन्धी सबै चरणका परीक्षण गर्न सहज हुने उनले जानकारी दिए । प्रोफेसर पा अघिल्लो वर्ष प्रतिष्ठानमा आउँदा प्रस्ताव राखेपछि प्रतिष्ठानमा उक्त मेशिन ल्याउन सफल भएको उनले बताए । अनुदानमा प्राप्त भएको मेशिनबाट देशकै सस्तो मूल्यमा बिरामीलाई सेवा उपलब्ध गराउने प्रतिष्ठानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्