भारतीयलाई नागरिकता सिफारिस प्रकरण: विराटनगर १ का वडा अध्यक्ष अर्याल धरौटीमा रिहा

भारतीयलाई नागरिकता सिफारिस प्रकरण: विराटनगर १ का वडा अध्यक्ष अर्याल धरौटीमा रिहा

विराटनगर, २० मङ्सिर ।  विराटनगरका महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा मुछिएका वडा अध्यक्ष उद्धव अर्याललाई १२ हजार धरौटी माग गरेको हो । मोरङ जिल्ला अदालतका न्यायाधिश महेन्द्रप्रसाद पोखरेलको ईजलाशले अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । झुठो विवरण दिएको आरोपमा वडा अध्यक्ष अर्याल सहित वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिना सहित १६ जना बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । नक्कली बाबु बनी भारतीयलाई नागरिकता बनाई दिने बिराटनगर १ घरभई हाल कटहरी गाउँपालिका बस्दै आएका सत्यनारायण मण्डल भने पुर्पक्षको लागि यस अघि नै जेल गईसकेका छन् ।

प्रहरीको खोजीमा रहेका वडा अध्यक्ष अर्याल सुटुक्क आफु निकटका कानुन ब्यवसायीलाई लिएर अदालतमा उपस्थित भएका थिए । वडा अध्यक्ष अदालतमा उपस्थिती भएकै दिन जिल्ला अदालतले बयान लिएर आदेश दिएको हो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेलले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट कानुन ब्यवसायीहरु रुपेश कोईराला, कल्याण केसी, ज्ञानेन्द्र थापाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्