विराटनगर, मंसिर २०। 

विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा बुधबारको खेल सम्पन्न भएको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगितामा बुधबार भएको खेलमा मेगा बैंकले नेपाल बैंकलाई ७-२ गोल अन्तरले हराएको छ । मेगा बैंकका तर्फबाट सागर भाद्रले ३ , लोमस घिमिरेले २ गोल , अभिषेक कार्की र प्रशान्त मण्डलले १-१ गोल त्यसैगरी नेपाल बैंकको तर्फबाट एलेक्ष श्रेष्ठ र नरेन्द्र बस्नेतले १-१ गोल गरेका थिए ।
Advertisement

प्रतियोगिता मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद सहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।

 

प्रतिक्रिया लेख्नुहोस