बिराटनगरको एक स्कुलको बस चालकले मापसे गरेर बस चलाएपछि मुद्दा

बिराटनगरको एक स्कुलको बस चालकले मापसे गरेर बस चलाएपछि मुद्दा

बिराटनगर मङ्सिर २० ,

बिराटनगरको एक स्कुलको बस मंगलबार पुष्पलाल चोकमा दुर्घटनामा पर्यो । बिराटनगरको अरनिको स्कुलका बस चालक सुनिल ताम्राकारले चलाएको को १ क १४२० नम्बरको बस दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा चालक ताम्राकारले मादकपदार्थ सेवन गरेको पाइएको थियो  ।

उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्