निर्मला पन्तलाई न्याय दिन माग गर्दै विद्यार्थीहरूले बनाए मानवसाङ्लो

<span class='c1'>निर्मला पन्तलाई न्याय दिन माग</span> <span class='c2'>गर्दै विद्यार्थीहरूले बनाए मानवसाङ्लो</span>

कञ्चनपुर मङ्सिर २० :  निर्मला पन्तलाई  न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ।

करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव साङ्लो बनाउन आएका विद्यार्थीहरूले अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। स्कुल तथा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइदिन आयोजक नागरिक संघर्ष समितिले स्कुलहरूलाई पत्राचार गरेको थियो।

बिहान १२ बजेदेखि उनीहरू सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अप्रिय घटना हुन नदिन संयमता अपनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्