विराटनगरको पहिलो सुपरमार्केट नेपाल बजार बन्द हुने अवस्थामा

विराटनगरको पहिलो सुपरमार्केट नेपाल बजार  बन्द हुने अवस्थामा

प्रेम देवान ।
विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द हुन लागेको हो ।
नेपाल बजारको अन्य ४ वटा शाखा यस अघि नै बन्द भईसकेका छन् । नेपाल बजारले टंकिसिनवारी, कंचनवारी, तिनपैनी र पुष्पलाल चोकमा नेपाल बजारको शाखा बन्द भएका छन् भने केही बन्द गरिने तयारीमा रहेको छ ।
चोकमा २०६७ साल भदौं ७ गते नेपाल बजार संचालनमा ल्याएका थिए । सुरुका केही बर्षसम्म नेपाल बजारले राम्रै मार्केट लिएको थियो । तर १ बर्ष यता नेपाल बजार निरन्तर घाटाका कारण ओरालो लाग्न थालेपछि आफ्ना कर्मचारीपनि कटौती गरिसकेको छ ।
सस्तो मूल्यमा गुणस्तरीय सामानहरु उपलब्ध गराइरहकोले नेपाल बजारप्रति उपभोक्ताको आकर्षण शुरुका दिनहरुमा निक्कै थियो । नेपाल बजारका एक संचालकले भने, ‘नेपालकै सस्तो बजार,नेपाल बजार, तर गुणस्तरीय बजार’ नारा सहित संचालन गरिएको नेपाल बजार करिब बन्द नै गरिने वा त्यसको अरु कुनै विकल्प खोज्ने योजनामा छौ ।’
नेपाल बजारमा खाद्यन्न,कस्मेटिक, गार्मेन्टस, किचनवेयर, पेय पदार्थ, गिफ्ट आइटम लगायतका सामाग्री उपलब्ध गराउदै आएको थियो । नेपाल बजारले बिगत ३ दिनदेखि ग्राहकहरुलाई ४० प्रतिशत छुट दिनुले नेपाल बजार बन्द हुन लागेको आशंका धेरैले गरेका छन् ।
नेपाल बजारले आफ्ना स्टकमा रहेका खाद्यन्न सामाग्रीबाहेक अन्य सामानमा ४० प्रतिशत छुट गरेसँगै अहिले ग्राहकहरुको भीड थामिनसक्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्