विराटनगरको डिग्री क्याम्पस खेल मैदानमा निर्माण सामाग्री राखेपछि विद्यार्थीको विरोध

विराटनगरको डिग्री क्याम्पस खेल मैदानमा निर्माण सामाग्री राखेपछि विद्यार्थीको विरोध

विराटनगर, २० मंसिर । विराटनगर १४ मा रहेको स्नातकोत्तर ( डिग्री क्याम्पस) को खेल मैदानमा निर्माण सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।
त्रिभुवन विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसको रुपमा रहेको स्नातकोत्तर ( डिग्री) क्याम्पस विराटनगर मातहतमा रहेको छात्रावासको प्राङगणमा निर्माण कम्पनीले विना जानकारी सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
आषिश कन्ट्रक्सनले विश्व विद्यालयको नियम ऐन विपरित शैक्षिक वाताबरणमा समेत खलल हुने गरी सार्वजनिक जग्गामा निर्माण सामाग्री राखेको प्रति विरोध गरेको अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष टेकेन क्षेत्रीले जानकारी दिए । विहान ३ बजेदेखी नै निर्माण सामाग्रीहरु गाडी ओसार पसार गर्ने ठूला मेसीन चलाउने गर्दा विद्यार्थीहरुको पढाईलाई असर पर्नेगरेको अर्का विद्यार्थी नेता विरेन्द्र घिमिरेले बताए ।
क्याम्पसका खेल मैदानलाई निर्माण सामागज्री खरित बिक्री गर्ने जस्तो बनाईँदा बिद्यार्थीको पढाई नै प्रभाबित भएको हो । यसरी क्याम्पस प्राङगणमा थुपारिएका सम्र्पुण निर्माण सामाग्री हटाउन माग गरेका छन् । विद्यार्थीहरुले निर्माण कम्पनीहरुलाई ७ दिने भित्र निर्माण सामाग्री हटाउन अल्टिमेट दिएका छन् । सात दिन भित्र निर्माण सामाग्री नहटाए चरणबद्ध आन्दोलन गर्ने चेतवानी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्