विराटनगरको रानी प्रहरी तालिम केन्द्र गोठगाउँ सार्ने तयारी, जग्गा प्राप्तीको प्रक्रिया शुरु

विराटनगरको रानी प्रहरी तालिम केन्द्र गोठगाउँ सार्ने तयारी, जग्गा प्राप्तीको प्रक्रिया शुरु

विराटनगर, २० मंसिर ।
विराटनगरमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरु भएको छ । विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
स्थानान्तरण गर्नको लागि पहिलोचरणमा जग्गा हेर्ने काम पुरा भएकोले यसलाई प्रहरीको स्वामित्वमा ल्याउने बारेमा काम शुरु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले बताए । पहिलो चरणमा जग्गा हेरेर नगरपालिकाबाट सिफारिस गराउने काम शुरु भएकोले चाँडै नै यो स्वामित्वमा आउने बितिकै भौतिक संरचना निर्माणको काम शूरु हुने रिजालले जानकारी दिए । ‘अहिले नै तत्काल सरिहाल्ने भन्ने कुरा हैन, डिआईजी रिजालले भने, ‘अब धेरैलाई तालिम पनि दिनुपर्ने हुँदा फायरिङमा समस्या हुने भएकोले अन्यत्र सािर्ने प्रयास गरेका हौ ।’ अहिले बस्ती बढ्दै जाँदा तालिम केन्द्रमा तालिम गर्न समेत समस्या भएको प्रहरीको भनाई छ । बिशेष गरी बस्ती नजिकै हुँदा गोली उछिट्टीएर बाहिर जाने हो की भन्ने चिन्ता रहेकोले सुरक्षित स्थानमा तालिमकेन्द्र खेजि अभियान अन्तरगत सुन्दर हरैचा नगरपालिकाको गोठगाउँमा जग्गा भेटिएको डिआईजी रिजालले बताए ।
प्रदेश प्रहरी कार्यालय रहेको स्थानमा अब भिडभाड बढ्ने, सरुवा बढुवा देखि सबै काम यहीँबाट गर्नु पर्ने भएकोले क्षेत्र साँगुरो हुने समेत देखिएपछि स्थानको खेजि भएको रिजालको भनाई छ ।
हाल अहिले तालिमकेन्द्र भएको ठाउँ रानीमा प्रदेश नम्बर एक प्रहरी कार्यालय, तालिम केन्द्र र प्रदेश १ सशस्त्र प्रहरी गण गरी नेपाल प्रहरीका सुरक्षा निकायका तीन कार्यालय एकै स्थानमा रहेका छन् । मुलुक संघीयतामा गएसंगै सुरक्षा निकायको काम कारवाही तथा तालिमका कुरामा बृद्धि हुने बताउँदै रिजालले तालिम केन्द्रका लागि पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिको गोठ गाउँमा जग्गा फेला परिसकेको छ । जग्गा प्राप्तीसँगै अब हुने प्रहरी भर्नामा सोही स्थानबाट तालिम गराउने तयारीमा प्रदेश प्रहरी कार्यालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्