सिके राउत संगठित अपराध (राज्यद्रोह) मुद्दामा पुर्पक्षका लागि जेल चलान

<span class='c1'>सिके राउत संगठित अपराध (राज्यद्रोह)</span> <span class='c2'>मुद्दामा पुर्पक्षका लागि जेल चलान</span>

काठमाडौं, २० मङ्सिर ।  स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नरनारायण पौडेलको इजलाशले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । गत असोज २९ गते जिल्ला अदालत रौतहटमा नै तारेख बुझाउन आएका क्रममा राउत पक्राउ परेका थिए ।

राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाई जयकान्तले कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । जयकान्तको रिटको सुनुवाई गर्दै सर्वाेच्चकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा सीके राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् । त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्