प्राध्यापकको निर्वाचनले महेन्द्र मोरङ क्याम्पसको २१ गते पठनपाठन बन्द हुने, विद्यार्थीकाे अाक्राेश

प्राध्यापकको निर्वाचनले महेन्द्र मोरङ क्याम्पसको २१ गते पठनपाठन बन्द हुने, विद्यार्थीकाे अाक्राेश

[caption id="attachment_15545" align="alignnone" width="960"] बिराटनगरको महेन्द्र मोरङ कलेज ।[/caption]

विराटनगर, २० मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार क्याम्पस नै बन्द गर्ने सुचना सार्बजनिक भएको छ । प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्ने गरी काम भएको बिद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।
नयाँ शक्ति विद्यार्थी युनियका प्रदेश सयोजक कमल पोखरेले बिद्यार्थीको पढाईलाई नै बन्द गराएर निर्वाचन गराउनु गलत भएको बताए । ‘कलेज नै बन्द गर्नु भनेकोे सरासर गलत हो, उनले भने, ‘बिद्यार्थीले तिरेको तिरोबाट सरकारको तलव भत्ता खाएर विद्यार्थीको पढाईनै प्रभावित हुने गरी राजनीति गर्नु गलत हो ।’ बिद्यार्थीहरुसँग यस अघि भएको छलफलमा निर्वाचनको मिति शनिवार पारेर निर्वाचन गराउन सुझाव दिइएको पोखरेलले बताए । अनेरास्ववियुका महेन्द्र मोरङ ईकाइ अध्यक्ष नविन पहाडीले सल्लाह नगरीकन सुचना प्रकाशित भएको आरोप लगाएका छन् । नयाँ सेसन शुरु भएसँगै क्याम्पसमा आएका नयाँ बिद्यार्थी गलत सन्देश जाने गरि भएको निर्वाचनको प्राध्यापकहरु राजनीति मात्र गर्छन् की भन्ने सन्देश दिने पहाडीले बताए ।
क्याम्पसका निमित प्रमुख ताराप्रसाद यादवले हस्ताक्षर गरेको सुचनामा त्रि.बि. प्राध्यापक संघ, क्याम्पस ईकाई समितिको निर्वाचन हुने भएकोले २१ गतेको बिहानी तथा दिवा कक्षा स्थगित गरेको सुचना प्रकाशित भएको छ । यसरी आएको सुचनाले के बताउँछ भने शुक्रवारको निर्वाचनको कारण सबै कक्षा स्थगित हुनेछ ।
यो पहिला देखि नै चलि आएको परिपाटी नै भएकोले प्राध्यापक र कर्मचारीको निर्वाचनको बेला क्याम्पसका पठनपाठन बन्द गराउने गरिएको क्याम्पसका निमिति प्रमुख ताराप्रसाद यादवले बताए छ । यो निर्वाचन पनि क्याम्पसको उन्नयनसँग जोडिएकोले पहिला देखि चल्दै आएको कुरा अहिले आएर रोक्न नसकिने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्