साढे ३३ किलो सुन तस्करी : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा राख्न अादेश

 साढे ३३ किलो सुन तस्करी : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा राख्न अादेश

विराटनगर, २० मङ्सिर ।  साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।

जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्जेललाई उच्च अदालतले छाड्न आदेश दिएको हो । न्यायाधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेको इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका  रजिष्टार नरायण रेग्मीले जानकारी दिए । जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सून चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे)ले सञ्जेललाई मामा भन्ने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्