कृषि परियोजनाको नाममा ठगी, १४ जना श्रम कार्यालय विराटनगर पुगे

कृषि परियोजनाको नाममा ठगी, १४ जना श्रम कार्यालय विराटनगर पुगे

विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्मचारी नियुक्त गरी ३ महिनासम्म तलव भत्ता भुक्तानी समेत नगरी रोजगारदाता सम्पर्क बिहिन भएपछि तलवको माग गर्दै कर्मचारीले श्रम तथा रोजगार कार्यालयमा निवेदन दिएका छन् । ‘काम शूरु गरेको ३ महिना भयो तर तलव पाएनौ, मोरङको कटहरी कार्यक्षेत्र बनाएर काम गरेका गजेन्द्रकुुमार रामले भने, तलाव माग्दा दिँदैनन् कार्यालय पनि बन्द छ ।’
सुर्खेत केन्द्रीय कार्यालय रहेको सो परियोजनाले विराटनगरमा शाखा कार्यालय खोलेको थियो । शाखा कार्यालय मार्फत गत भदौमा नियुक्त गरिएका कर्मचारीलाई मंसिरसम्म तलव नदिएपछि उनीहरु श्रम कार्यालयमा उजुरी दिन पुगेका हुन् । स्थानीय तहका कृषकलाई सदस्य बनाउँदै मल बिउ उपलब्ध गराउने सहकर्ताको रुपमा नियुक्ति पाएका कर्मचारीहरुले प्रति किसान ५ सय रुपैयाँका दरले किसानलाई सदस्यता उपलब्ध गराएको ति कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्