विराटनगरको कोशी अञ्चल अस्पतालमा करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ थाेत्रिँदै

विराटनगरको कोशी अञ्चल अस्पतालमा करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ थाेत्रिँदै

विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ ।

मेशिन आएको ४ महीना भयो । एक   करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन नहुँदा एचआईभी संक्रमितहरू विराटनगर बाहिर भाइरल परीक्षण गर्न बाध्य छन् । पूर्वाञ्चलका अन्य अस्पतालमा यो मेशिन नहुँदा काठमाडौं वा भारतको सिलिगुडीमा भाइरल परीक्षण गर्न पठाउँदा १५ देखि ३० हजार मूल्य तिर्न सेवाग्राही बाध्य छन् । कोशी अञ्चल अस्पतालको २ ओटा कोठामा मेशिनका लागि चाहिने सम्पूर्ण भौतिक सामग्री व्यवस्थापन भए पनि जनशक्तिको अभावले सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका मेसु रोशन पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्