सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगर

सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगर

सुनसरी, २१ मङ्सिर । सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगरपालिकाले जनता पार्क निर्माण गर्न लागेको छ । उपमहानगर–९ मा निजी विद्यालय डिभिएम स्कुलले हडपेको सार्वजनिक जग्गामा उपमहानगरले ५० लाख रुपैयाँभन्दा बढीको खर्चमा पार्क निर्माण गर्न लागेको हो । बिहीबार इटहरीका ज्येष्ठ नागरिक १०१ वर्षीय भानुभक्त लम्सालले पार्कको शिलान्यास गरेका छन् । ३ बिगाहा क्षेत्रफलमा भ्यु टावर र धरहरा सहितको आकर्षक पार्क बन्ने उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताए । त्यसका लागि इन्जिनीयरसहितको प्राविधिक टोलीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्