मोरङमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु

मोरङमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, २१ मङ्सिर । मोरङको पथरीशनिश्चरेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ बाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मङ्गलबार ज्यान गएको हो । शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर पार्न थालेको भन्दै ग्राण्डी अस्पतालमा १४ दिने राखेर उपचार गरिएको थियो ।

त्यसपछि शिक्षण अस्पतालमा असोज १२ गतेदेखि उपचारका क्रममा २ महिनापछि निधन भएको हो । उनलाई उपचारका क्रममा १ महिना १४ दिन भेन्टिलेटर र अति सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्त अर्जुन काफ्लेले जनाए ।उनको उपचारमा ऋणपान गरेर ३० लाख बढी रकम सकिएको उनकी श्रीमती चन्द्राले रुँदै भनिन् ‘सवै ऋण काढेर उपचार गरियो । तर नि उहाँलाई वचाउन सकिएन ।’ सामान्य किसान परिवारका उनको निधनपछि ४ जनाको परिवार समस्यामा छ ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत अधिकृत चन्द्रदेव मेहेताले भनें व्याक्टेरियाबाट हुने‘स्कप टाइफस’ समयमै उपचार हुँदा निको हुने जनाए । पथरीशनिश्चरे नगरमा गत वर्षदेखि डेंगु रोगी फेला पर्ने क्रमले यस वर्षपनि निरन्तरता पाएको छ । पछिल्लो पटक नगरको वडा नम्वर १० जिरिखिम्तीका ६० वर्षीय ज्ञानबहादुर दाहाल डेंगु रोगको संक्रमणमा परेका छन् ।

जिउ दुखेर ज्वरो आएको अवस्थाका उनलाई उर्लावारीस्थित मंगलबारे अस्पतालमा चेकजाँचका क्रममा डेंगु प्रमाणित भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट डेंगु रोग सर्दछ । गत वर्ष वडा नम्वर १ को पथरी बजार क्षेत्रमा २ जनालाई डेंगु र २ जनालाई औलो देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्