निर्मला हत्‍या प्रकरण: प्रहरी प्रमाण जुटाउनको लागि या मेटाउनको लागि

निर्मला हत्‍या प्रकरण: प्रहरी प्रमाण जुटाउनको लागि या मेटाउनको लागि

पाँचथर, २१ मङ्सिर ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न पाँचथरका यूवाहरुले माग गरेका छन्। बिहीबार सदरमुकाम फिदिमस्थित गणतन्त्र चोकमा नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै सरकारसँग छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका हुन।प्रदर्शनपछि चोकमा भेला भएका विद्यार्थी यूवाहरुले सरकार हत्याप्रकरणको जडमा पुग्न नसकेकोमा दुःख ब्यक्त गरेका थिए।उनीहरुले निर्मला हत्याप्रकरणमा सरकार आफै प्रमाण गुमराह गर्दै मेटाउन उद्धत भइरहेको आरोप लगाएका थिए ।

उनीहरुले दोषीको पहिचान गर्ने बहानामा सरकारले पटक पटक निर्दोषलाई पक्राऊ गर्दै डि.एन.ए परिक्षणका नाम बदनाम गरेको बताए।प्रदर्शनका क्रममा बिद्यार्थीहरुले गणतन्त्र चोकमा करिब आधा घण्टा समय चक्काजाम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्