धनकुटामा ट्याक्टरको ट्रलीले किचेर सह-चालकको मृत्यु

धनकुटामा ट्याक्टरको ट्रलीले किचेर सह-चालकको मृत्यु

धनकुटा, २१ मंसिर  धनकुटाको धनकुटा नगरपालिका-२ भीरगाउँमा बिहीबार ट्याक्टरको ट्रलीले किचेर ट्याक्टरको सह-चालकको मृत्यु भएको छ ।   ट्याक्टरको ट्रलीले किचेर पाख्रिवास नगरपालिका-३ घर भई हाल धनकुटा-३ मालबासे बस्ने वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । राईलाई कुलो बनाउनको लागि को.२ त. ६९७४ नम्बरको ट्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा ट्रली मुनि रहेको नटबल्टु चेकजाँच गर्ने क्रममा अचानक ट्रलीको हाईड्रोलिक भाँचिएर किचेको थियो । ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा लिएकाे छ ऽ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्