विद्यार्थीका विराेधका बाबजुद महेन्द्र मोरङमा पढाई बन्द गरेर प्रध्यापक संघको यसरी भयो चुनाव

विद्यार्थीका विराेधका बाबजुद महेन्द्र मोरङमा  पढाई बन्द गरेर प्रध्यापक संघको यसरी भयो चुनाव

विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार बिद्यार्थीको पढाई नै अबरुद्ध भएको छ । क्याम्पसले सुचना जारी गरी आज एकदिनको विहानी र दिवा दुबै सत्रको पढाई नहुने जनाए अनुसार पढाई प्रभाबित भएको हो । तर यसको बिद्यार्थीले विरोध गरेका छन् । प्रध्यापक संघ ईकाई कमिटिको चुनाव गराउन भन्दै क्याम्पसले पढाई बन्द गरेर चुनवा गराएको थियो ।
प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्ने गरी काम भएको बिद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी ) का अध्यक्ष अभिमन्यू यादवले विद्यार्थीहरुको पढाई नै बन्द गरेर निर्वाचन गराउनु गलत भएको बताए । प्रध्यापकहरुले क्याम्पस नै बन्द गरेर विद्यार्थीहरुको आउन लागेको परीक्षामा खेलवाड गरेको समेत उनको आरोप छ । क्याम्पसलाई राजनिती गर्ने थलो बनाए उनले भने, ‘यदि चुनव गराउनु थियो नै भने पनि भोट दिई सकेर भए पनि त पढाएको भए हुन्थ्यो ।’
बिद्यार्थीहरुले यस अघि भएको छलफलमा निर्वाचनको मिति शनिवार पारेर निर्वाचन गराउन सुझाव दिएको भएपनि बिद्यार्थीको कुरालाई अटेर गरेको बिद्यार्थी संगठनहरुको आरोपछ ।
त्यस्तै अर्का अनेरास्ववियुका महेन्द्र मोरङ ईकाइ अध्यक्ष नविन पहाडीले सल्लाह नगरी सुचना प्रकाशित भएको आरोप लगाएका छन् । नयाँ सेसन शुरु भएसँगै क्याम्पसमा आएका नयाँ बिद्यार्थीमा गलत सन्देश जाने गरि भएको निर्वाचनले प्राध्यापकहरु राजनीति मात्र गर्छन् की भन्ने सन्देश दिने पहाडीले बताए ।
नयाँ शक्ति बिद्यार्थी युनियनका प्रदेश संयोजक कमल पोखरेलले प्राध्यापकहरुको मनोमानी बढ्दै गएको आरोप लगाए । उनले बिद्यार्थी भविश्यमाथि नै असर पार्ने षड्यन्त्र प्राध्यापकहरुबाट भएको आरोपब बताए । क्याम्पसका निमित प्रमुख ताराप्रसाद यादवले हस्ताक्षर गरेको सुचनामा त्रि.बि. प्राध्यापक संघ, क्याम्पस ईकाई समितिको निर्वाचन हुने भएकोले शुक्रबारको बिहानी तथा दिवा कक्षा स्थगित गरेर निर्वाचन गराईएको छ ।
यो पहिला देखि नै चलि आएको परिपाटी नै भएकोले प्राध्यापक र कर्मचारीको निर्वाचनको बेला क्याम्पसका पठनपाठन बन्द गराउने गरिएको क्याम्पसका निमिति प्रमुख ताराप्रसाद यादवले बताए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्