विराटनगर महानगरले बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था गर्ने

विराटनगर महानगरले बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था गर्ने

विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ ।
बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महानगरका मेयर भीम पराजुलीले बहिरा ब्यक्तिहरुका विषयमा महानगरले जीवनउपयोगी कार्यक्रम ल्याउने बताए ।
दोभाषेको अभावमा बहिरा ब्यक्तिहरुको भोगिरहेको कठिनाइलाई समेत महानगरले अन्त्य गर्ने पराजुलीले बताए । महानगरमा दोभाषेको नियुक्ति र जीवन उपयोगी सिपका कार्यक्रमहरु महानगरले ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष केदारप्रसाद अधिकारीले अधिकार प्राप्तिका लागि सवै बहिरा ब्यक्तिहरु लाग्न आबश्यक भएको बताए । देशभरका झण्डै ५ लाख बहिराहरुका लागि जीवनउपयोगी शिक्षा आबश्यक भएको अधिकारीले बताए । बहिराहरुलाई अबसर चाहिएकाले सरकारका सवै तहले सहयोग गर्न आबश्यक भएको अधिकारीको भनाइ छ ।
कोशी बहिरा संघको समन्वयमा विराटनगरमा जारी राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले दुइदिनसम्म बहिरा ब्यक्तिहरुलाई नयाँ विकास भएका शब्दहरुका बारेमा जानकारी दिने दोभाषे सन्तोषी तिवारीले जानकारी दिईन् ।
बहिराहरुले पहिले २२ सय शब्दहरु बोल्दै आएकोमा अहिले ४७ सय नयाँ शब्दहरु विकास भएको र सोको बारेमा जानकारी दिइने गरिएको उनले बताईन् । दोभाषे संघकी शिलु शर्मा ,कोशी बहिरा संघका अध्यक्ष चेत बहादुर बराल, विराट बहिरा माविका व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेल लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्