पब्लिक फोरममा पुनः ढुंगेल,उपभोक्ता एकजुट भएर अभियान संचालन गर्न मन्त्रीकाे सुझाव

पब्लिक फोरममा पुनः ढुंगेल,उपभोक्ता एकजुट भएर अभियान संचालन गर्न मन्त्रीकाे सुझाव

विराटनगर, २१ मंसिर । पब्लिक फोरमको दशौँ बार्षिक साधारण सभाबाट पुनः उत्तम ढुंगेल अध्यक्षतामा चयन भएका छन् । विराटनगरमा शुत्रबार भएको दशौं साधारण सभाले उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयां केन्द्रीय कार्य समिति सर्बसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा अमलेश कर्ण, सचिव लवकुमार ताम्राकार, सह–सचिब सुनिता देवकोटा, कोषाध्यक्ष चुडादेवी ठकुरीलाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा दुर्गा सुवदी, मनोजकुमार मिश्र, मुना बोहरा, अप्सरा न्यौपाने खनाल, केदारनाथ ढकाल, बासुदेव नेपाल रहेका छन् । पब्लिक फोरमले सल्लाहकार समितिमा निवास पोखरेल, धुर्वनारायण डंगोल, तुलसीराम श्रेष्ठ, नेत्रबहादुर बरूवा युवराज निरौला, ललिता पाण्डेलाई राख्ने निर्णय गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास मन्त्री जीवन घिमिरे तथा प्रदेश सभासदस्य साबित्रा रेगमीले उपभोक्ताहरूको हकहितका लागि सरकार प्रतिबद्ध रहेको बताए , साथै उपभोक्ताहरू एकजुट भएर अभियानहरू संचालन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्