कोशी विद्या मन्दिरले मनायाे अरेन्ज डे

कोशी विद्या मन्दिरले मनायाे अरेन्ज डे

विराटनगर, २१ मंसिर । कोशी विद्या मन्दिर विराटनगरले अरेन्ज कलर डे मनाएको छ । बिद्यालयले हरेक महिना कलर डे मनाउने क्रमममा आज पनि अरेन्ज कलर डे मनाएको हो ।
कार्यक्रममा मन्टेश्वरी तहमा अध्ययनरत १ सय ६० बालबालिकाहरुलाई सुन्तला (अरेन्ज) रंगको वस्त्रमा सजाएर विभिन्न कार्यक्रम गरेका थिए । सोही तहका शिक्षकहरुद्वारा सुन्तला रंगको फल–फूल, तरकारी लगायतका वस्तुहरु र चित्रहरु प्रदर्शन गरेका थिए । अवसरमा प्रिन्सिपल धीजनबाबु काफ्लेले यस प्रकार को क्रियाकलापले बाल बालिका मस्तिष्कमा प्रकृतिको बारेमा व्यवहारिक ज्ञान दिन मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्