विराटनगरमा अन्तराष्ट्रिय व्यापार मेला विराट ट्रेड एक्स्पो २०१८को तयारी तिब्र

विराटनगरमा अन्तराष्ट्रिय व्यापार मेला विराट ट्रेड एक्स्पो २०१८को तयारी तिब्र

विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो गर्न लागिएको हो । ५ बर्षपछि मोरङ व्यापार संघले आयोजना गर्न लागेको मेला अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको छ । मेलाको लागि अहिले कार्यक्रम स्टेज देखि लिएर स्टल र प्रवेशद्धारा बनाउने कार्य धमाधम भईरहेको आयोजकले जनाएको छ ।
९ दिनसम्म लाग्ने मेलामा करिब २० करोड बढीको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ । अन्य वर्षभन्दा यसपटक फरक तरिकाको प्रवेशद्धारा बनाउन लागिएको मेला व्यावस्थापन समितिका संयोजक ललित सिंखडाले जानकारी दिए । यसपटक मुख्य प्रवेशद्धारमा कमल फूलको आकृति बनाईने छ । यसपटक जर्मन प्रविधीद्धारा प्रयोग गरिएका स्टलका निर्माण हुँदैछ ।
मेलामा हुन सक्ने चोरी, हुल हुज्जत गर्नेलाई सजिलै पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले १ सय भन्दा बढी सिसी क्यामारा जडान गरिने भएको छ । साथै भीडलाई व्यावस्थित पार्न ५० भन्दा बढी निजी सुरक्षाकर्मी परिचलान गरिने समेत आयोजकले तयारी थालेको छ ।
मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी सय भन्दा बढी स्टल राखिने छ । मेलामा दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयारी पोसाक, छालाका सामान, हस्तकलाका सामग्री, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने मेला आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्