भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

<span class='c1'>भद्रपुरको मेची पुल मंसिर २६</span> <span class='c2'>गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने</span>

झापा, २१ मङ्सिर ।  सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस्ती हटाएर बाटो बनाउने काम भइरहेको छ। पूर्वी नेपाल र भारतसंगको सीमाना भद्रपुरमा ३३ करोड रुपैयाँको लागतमा नयाँ मेची पुल बनेको हो।

झापाको सदरमुकाम भद्रपुर लगायत पूर्वी तराईको व्यापार व्यवसायमा सहयोग पुग्ने भन्दै दसकौंदेखि यहाँका सर्वसाधारण तथा व्यवसायीले मेची नदीमा पक्की पुल बन्नुपर्ने माग राख्दै आएका थिए। २०२२, २०४१ र २०६६ गरि तीन पटकसम्म उक्त पुलको शिलान्यास भएको थियो। पूर्वी नेपालमा उद्योग कल कारखाना खुल्ने क्रम बढेकाले यहाँ उत्पादित सामान भारत निकासी गर्न र भारतबाट कच्चा पदार्थ नेपाल आयात गर्न सहज हुने भएकाले उक्त पुलको उपयोगिता महत्वपूर्ण भएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल बताउँछन्। उक्त पुलको लम्बाई ५ सय ६० मिटर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्